नयाँ रिलीज!

१४५ संस्करण
मङ्सिर – पुष २०८०

पूर्वीय धरातलमा स्थापित भएको गुरूकुलीय शिक्षापद्धति अत्यन्त वैज्ञानिक, व्यावहारिक र
सुसंस्कृत भए पनि कालान्तरमा पाश्चात्य शिक्षापद्धतिको छायाँमा परेर ह्रासोन्मुख हुँदै गयो
र आजसम्म आइपुग्दा शिला खोज्नुपर्ने स्थितिमा रहेको छ । वैदिक कालमा श्रुतिपरम्पराको
रुपमा रहेको र पौराणिक काल हुँदै अगाडि बढ्दा लेख्य परम्पराको रुपमा फस्टाउँदै
र विकसित हुँदै गएको यो परम्परा अठारौँ शताब्दीपछि पश्चिमी प्रभावले झनै थिच्यो र
गुरूकुलीय शिक्षापद्धतिको आयतन अझ साँघुरिँदै विलुप्तप्रायः भयो ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल

नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्व साहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर संघ–संस्था ऐन २०३४ अनुसार काठमाडौं जिल्ला कार्यालयमा — ‘दायित्व वाङमय प्रतिष्ठान नेपाल २०५७’ दर्ता भएको छ। यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीबृद्धि गर्न छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एउटै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिवद्ध रहने दृढ आकांक्षा सहित अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

संस्थापकबाट सन्देश:

– रामप्रसाद पन्त